दफा ३०
नियुक्तिको सिफारिस
(१) दफा २९ को उपदफा (१) बमोजिमका उम्मेदवारलाई आयोगले योग्यताक्रम अनुसार नियुक्तिको लागि अख्तियारवाला समक्ष सिफारिस गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सिफारिस गरिएको उम्मेदवारमध्ये कुनै उम्मेदवारको नियुक्तिको सिफारिस दफा ३८ को उपदफा (३) बमोजिम बदर भएमा वा अन्य कुनै कारणले उक्त पद एक वर्षभित्र रिक्त भएमा आयोगले योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ ।

(३) दफा २९ को उपदफा (३) बमोजिमको सूचीबाट अस्थायी नियुक्तिका लागि सिफारिस गर्दा वैकल्पिक सूचीमा समावेश भई स्थायी नियुक्ति हुन नसकेका उम्मेदवारलाई पहिलो योग्यताक्रमको सूचीमा समावेश गर्नु पर्नेछ ।

(४) यस दफा बमोजिम नियुक्तिको लागि सिफारिस भएको उम्मेदवारले दुई वा सोभन्दा बढी पटक नियुक्तिपत्र नलिएमा आयोगले त्यस्तो व्यक्तिलाई आयोगबाट सञ्चालन हुने परीक्षामा दुई वर्षसम्म सहभागी हुन रोक लगाउन सक्नेछ ।